गठबन्धन सरकारमा गम्भीर समस्या – नेताहरूको दौडधुप
अनलाइनखबर पाटी २० फाल्गुन २०८०, आईतवारफागुन- २०, काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष निर्वाचनको मुखमा सत्ता गठबन्धनमा गम्भीर समस्या देखिएको छ । नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनमा समस्या देखिएसँगै नेताहरूले दौडधुप बढाएका छन् ।
विशेषगरी नेकपा एमाले, नेपाली कांग्रेस र सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रका नेताहरूले दौडधुप तीव्र बनाएका हुन् । वर्तमान सत्ता गठबन्धनमा बढ्दो खटपटकै कारण आइतबार बसेको कानुन समितिको बैठकमा टीआरसीको विषयमाथिको छलफलसमेत पर धकेलिएको छ।
आजै बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । उक्त भेटमा टीआरसीको विषयमा छलफल भएको दाबी गरिएपनि गठबन्धनको खटपटका साथै आगामी यात्राबारे छलफल भएको बताइएको छ ।
पुस १० मा तत्कालीन पाँच दलीय गठबन्धनको साथ छाडेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमालेसहितको समर्थनमा प्रधानमन्त्री भएपछि कांग्रेस सत्ता विमुख भएको थियो ।
एमाले नेतृत्वको सात दलीय गठबन्धनको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेपछि कांग्रेस सातवटै प्रदेश र संघमा सरकारबाट बाहिर रह्यो । तर गत फागुन १२ मा पुस १० को कोर्स करेक्सन भएपछि सत्तामा कांग्रेसको ‘कमब्याक’ भएको थियो ।
अहिले गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी, लोकतान्त्रिक समाजवादी, जनमत, नागरिक उन्मुक्ति पार्टी लगायत सम्बद्ध छन् ।
Leave a Reply