लक डाउन छल्दै काठमाडौंबाट दोलखा हिडेको बस रामेछापमा दुर्घटना

 अनलाइनखबर पाटी     १० बैशाख २०७७, बुधबार

दोलखा | कोरोना महामारीका कारण काठमाडौंबाट आफ्नो घर दोलखा फर्किंदै गरेका ३९ जना चढेको मिनीबस बुधबार बिहान रामेछापमा पल्टिएको छ। रामेछाप जिल्ला प्रहरी कार्यालयका प्रवक्ता (प्रहरी निरीक्षक) टेकेन्द्रराज शर्मा पौडेलले दिएको जानकारीअनुसार दोलखाको जफेतर्फ जाँदै गरेको बा २ ख ६८१८ नम्बरको मिनीबस रामेछापको मन्थली नगरपालिका-६ कुनौनी भन्ने स्थानमा बुधबार बिहान ४ बजेतिर ब्रेक फेल भएर सडकमै पल्टिएको हो।

दुर्घटनामा १५ जना घाइते भएको र तीमध्ये एक जनालाई उपचारका लागि काठमाडौं रिफर गरिएको उनले जानकारी दिए। अन्य ३ घाइतेको भने मन्थलीकै तामाकोसी सहकारी अस्पतालमा उपचार भइरहेको उनले बताए। प्रहरी निरीक्षक शर्माका अनुसार दुर्घटनामा हात भाँचिएकी दोलखाको तामाकोसी–३, जामुनेकी ४६ वर्षीया इन्दिरा पोखरेललाई थप उपचारका लागि काठमाडौंको ट्रमा सेन्टर रेफर गरिएको हो।

यस्तै अन्य तीन घाइते दोलखाको मालु-४ निवासी ढालकाजी योगीकी ४ वर्षीया छोरी हर्षिका योगी, सोही ठेगानाकी २७ वर्षीया सिर्जना योगी र रामेछापको मन्थली-१३ निवासी २५ वर्षीया गीता खड्काको भने मन्थलीकै तामाकोसी अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक शर्माले टेलिफोनमा अनलाइनखाबर पाटीलाइ  जानकारी दिए।

‘घाइते चारै जनाको अवस्था सामान्य  छ,’ उनले भने, ‘अन्य सामान्य घाइते भने उपचारपछि डिस्चार्ज भइसकेका छन्।’ गाडीमा रामेछापका २-३ जनाबाहेक सबै दोलखाको जफे भन्ने स्थानकै रहेको प्रहरीले जनाएको छ। ‘यही कोरोना महामारीका कारण काठमाडौंबाट राति घर दोलखा जाँदै गरेका यात्रु रहेछन्,’ प्रहरी निरीक्षक शर्माले भने।

थप विवरण आउन बाकि

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट