स्वार्गिय हरिशंकर स्मृति कप २०८०प्रारम्भ

 अनलाइनखबर पाटी     २८ पुष २०८०, शनिबार

स्वार्गिय हरिशंकर स्मृति कप २०८०प्रारम्भ

विपन्न नागरिकका सारथी मनविर बिदुर शर्मा

दाेलखा २८ पुस।  मेलुङ गाउँपालिका ३ निवासी समाजसेवी स्वार्गिय  हरिशंकर उपध्याय काे स्मृतिमा खुल्ला प्रतियाेगिता प्रारम्भ भएकाे छ । स्वार्गिय  बाबुकाे नाममा अक्षयकोष  निमार्ण गरि समाजसेवी  दानविर  कान्छाे छाेरा बिदुर शर्माले  हरेक बर्ष विभिन्न कार्यक्रम हरू गर्दै  आएकाछन ।
भुमेस्थान माध्यमिक विधालय ,लक्ष्मि माध्यमिक विधालय ,कालिका माध्यमिक विधालय लगायत मेलुङ गाउँ पालिका धेरै  शैक्षिक संस्थामा स्वार्गिय  हरिशंकर उपध्याय काे नाममा अक्षय काेष मार्फत विपन्न छात्रछात्रालाई छात्रवृत्तिको  प्रदान गर्दै  आएका छन ।


पञ्चायती कालमा जनपक्षीय  प्रधानपञ्च भई लामाे समय नागरिककाे सेवा सर्मपित स्वार्गिय उपध्यायकाे भाैतिक शरीर हामीमाझ नभए नि उहाँले स्थापना गर्नुभएका धैरै शैक्षिक संस्था ,स्वास्थ्य संस्था , पुलहरू जिवन्त आबस्थामा रहेकाछन । ध्याङ सुकाठाेकरकाे विकासमा कहिले पनि नबिर्सने नाम स्वार्गिय  हरिशंकर उपध्याय हाे ,हरिशंकर स्मृति तथा भुमेस्थान माध्यमिक विधालय को ३६ औ वार्षिक उत्सव समारोह लाई सम्बाेधन गर्दै  हमेलुङ गाउँ पालिकाका अध्यक्ष हिराकुमार थाेकर  भने ।
भुमेस्थान माध्यमिक विधालयका ब्यवस्थापन समितिका अध्यक्ष एवम नेकपा एमाले दाेलखाका नेता
बसन्त कुमार लामा काे सभापतित्व  स्वार्गिय हरिशंकर स्मृती भलिबल प्रतियाेगिता २०८० तथा विद्यालयकाे ३६ अाै बार्षिक  उत्सवलाई  सम्बाेधन गर्दै  नेकपा एमाले  दाेलखाका युवा नेता बिदुर शर्मा ,नेपाल पत्रकार महासंघ दाेलखाका सभापति दिपशंकर चाैलागाई,मेलुङ१ का अध्यक्ष  ईश्वर  काेईराला,२ का वडा अध्यक्ष रामकृष्ण भण्डारी ,वडा नं ५ का अध्यक्ष ललित मगर, नेकपा माओवादीका नेता प्रेम तमाङ,  प्रधानाध्यापक शिव कार्की ,पुर्व  प्रधानाध्यापक गाेविन्द कार्की , ,सहायक  प्रधानाध्यापक  अशाेक लामा लगायतले स्वार्गिय हरिशंकर उपध्यायले शैक्षिक क्षेत्रमा  देखाएकाे बाटाेलाई अबलम्वन गरे गाउँ टाेलबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्र  बिक्ने शैक्षिक जनशक्ति उत्पादन हुने बताएका छन ।


मेलुङ र शैलुङ गाउँपालिका विद्यालयका विद्यार्थीहरू बिच हाजिरी जवाफ  प्रतियाेगिता,हिसाब दाैड प्रतियाेगिता,शिक्षक,जनप्रतिनिधि ,कर्मचारी बिच भलिबल प्रतियाेगिता गराईएकाे समाजसेवी बिदुर शर्माले बताए ।
भलिबल  प्रतियोतामा  नाै टिमकाे सहभागी रहेकाे भलिबल प्रतियाेगीता निर्णायक सहदेव खड्काले जानकारी दिए।
प्रतियाेगिताकाे लागि समाजसेवी बिदुर शर्माले ७२ हजार उपब्ध गराएकाे भुमेस्थान माविका प्रधानाध्यापक कार्कीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट