दाेलखामा नेकपा एमाले बाट को को बने उम्मेदवार

 अनलाइनखबर पाटी     ११ बैशाख २०७९, आईतवार

दीपशंकर चाैलागाई,दाेलखा ११ बैशाख ।पटक–पटकको छलफलपछि आईतबार बिहान दाेलखाका सबै स्थानीयत तहमा उम्मेदवारको टुंगो लगाएको छ । एमाले जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठले जानकारी दिए।

उनका अनुसार भिमेश्वर नगरपालिका प्रमुखमा हरिबंश चाैलागाई, उपप्रमुखमा कमला बस्नेत , जिरी नगरपालिका प्रमुखमा मित्र जिरेल, उपप्रमुख कृष्ण माया बुढाथोकी ,कालिञ्चाेक गाउँ पालिका अध्यक्षमा गणेश प्रसाद शिवकोटी, उपाध्यक्ष कविता थामी,बिगु गाउँपालिका अध्यक्षमा अछुतम केसी , उपाध्यक्षमा देविका थामी, गाैरिशंकर गाउँपालिका अध्यक्षमा जंग गुरूङ , उपाध्यक्षमा मुना शिवाकोटी , बैत्यश्वर गाउँपालिका अध्यक्षमा माधव प्रसाद घिमिरे , उपाध्यक्षमा नविना लामा ले उम्मेदवार दर्ता गरेका छन।

यसैगरी तामाकोसी गाउँपालिका अध्यक्षमा अभिषेक सुबेदी, उपाध्यक्षमा अम्बिका पाेखरेल, मेलुङ गाउँपालिका अध्यक्षमा हिरा थाेकर , उपाध्यक्षमा गायत्री आचार्य, शैलुङ गाउँपालिका अध्यक्षमा धनबहादुर तमाङ, उपाध्यक्ष पार्वती थापा कार्की ले उम्मेदवारी दर्ता गरेकाे एमाले जिल्ला अध्यक्ष श्रेष्ठले बताए।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट