प्रेम- पुर्ण -प्रताप फाउन्डेसनको आयोजनामा २६ जनाले गरे रक्तदान

 अनलाइनखबर पाटी     १७ श्रावण २०७७, शनिबार

साउन १७ दोलखा । प्रेम- पुर्ण -प्रताप फाउन्डेसन नेपाल को आयोजना मा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । दोलखाको सदरमुकाम चरिकोटमा आयोजित एक कार्यक्रममा जीवन दान नै रक्त दान हो भन्ने नारालाई मुर्तरुप दिन २६ जना व्यक्तिले रक्त दान गरेको प्रेम पुर्ण प्रताप फाउन्डेसन दोलखाका अध्यक्ष राजन बस्नेतले जानकारी दिए ।

प्रेम -पुर्ण -प्रताप फाउन्डेसन नेपालको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाको समन्वयमा भएको कार्यक्रममा दोलखा ,रामेछाप , सिन्धुपाल्चोक ,चितवन लगायतका जिल्लाबाट दोलखा बस्ने ब्यक्तिहरुले रक्तदान गरेको अध्यक्ष बस्नेतले बताए ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाका सभापति गोकर्ण प्रसाद पोखरेल भन्छन् रक्तदान गर्दा कतिपय मुटुजन्य रोगका समस्या र कतिपय मधुमेहजन्य रोगका समस्या निदान हुने विभिन्न स्वास्थ्य अनुसन्धानले प्रमाणित गरेको छ भने , रक्तदान गर्दा केही रोगको परीक्षण गरिने हुँदा आफूमा स्वास्थ्यको सतर्कता रहन मद्दत पुग्ने र रक्तदान गर्नु सबैभन्दा ठूलो आत्मसन्तुष्टि हो । यसले कसैको जीवनलाई मात्र नभई उसको घरबार पनि बचाउँछ । परिवारको कोही सदस्यको निधनलाई केही हदसम्म दुर लैजान सक्छ ।

रक्तदान एउटा दान मात्र होइन, यो त आफू आफ्ना परिवार र आफ्नाहरुको रगत सम्बन्धी बिमाजस्तै हो । फाउन्डेसनका संरक्षक पद्मा प्रधानले आधुनिक विज्ञानले धेरै प्रगति गरेता पनि कृत्रिम तरिकाले रगत बनाउने सूत्र फेला नपरेको बताउँदै ब्लड बैंकहरुले पनि आवश्यक मात्रामा सेवाग्राहीलाई रगत उपलब्ध गराउन नसकिरहेको आजको परिस्थितिमा योग्य व्यक्तिहरुले पनि रक्तदान नगर्ने प्रवृतिले गर्दा देशमा रगतको चरम संकट परेको र रगतले शरीर भित्र पोषण, लवण, हर्मोन, भिटामिन, अक्सिजन, रोगसँग लड्ने एन्टिबडीसँगै कार्वनडाइअक्साइड, युरियाजस्ता विकार ओसार–पोसार गर्ने भएको हुँदा रगतको रातो रक्तकणले अक्सिजन तथा कार्वनडाइअक्साइड यताउति गर्न, श्वेत रक्तकणले रोगसँग लड्न र प्लेटलेट्सले रगत जमाउने काम गर्ने भएको कारण आम स्वच्छ नागरिकले रक्तदान गर्नुपर्ने धारणा राख्दै रक्तदानमा सहभागी हुन समेत आग्रह गरिन ।

कार्यक्रममा नागरिक समाज दोलखाका अध्यक्ष दीपसङ्कर चौलागाईं , नेपाल मानव अधिकार संगठनका सचीव बलराम सिवाकोटी , नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका मन्त्री सिर्जना सुवेदी पत्रकार ,नगरिक समाजका प्रतिनिधि , तरादल गणका प्रतिनिधि ,जिल्ला प्रहरी कार्यलय दोलखाका प्रतिनिधि उज्यालो भबिस्य दोलखाका प्रतिनिधि लगायतको उल्लेखनीय सहभागीता रहेको थियो भने कार्यक्रममा तारा दल गण , जिल्ला प्रहरी कार्यलय दोलखा ,नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखा ,उज्यालो भबिस्य दोलखा लगायतका सरकारी तथा गैरसरकारी संघ सस्थाहरुको प्राबिधिक सहयोग कार्यक्रम सभ्य र भब्य रूपमा सम्पन्न भएको थियो ।

यस अघि पनि फाउन्डेसनले विभिन्न किसिमको सामाजिक तथा शैक्षिक क्षेत्रमा महत्त्वपूर्ण सहयोग गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट