स्वतन्त्र निर्वाचनकाे खिल्ली उढाउदै गुरूङले भित्र्याए भाडाका गुण्डा,आजै भयाे भिडन्त

 अनलाइनखबर पाटी     २४ बैशाख २०७९, शनिबार

दीपशंकर चाैलागाई
दाेलखा २४ बैशाख ।स्वतन्त्ररूपमा निर्वाचन गराउने पक्षमा न त दाेलखाका राजनैतिक छन नत निर्वाचन कार्यालय नै । गाैरिशंकर गाउँपालिका ६का एमाले बाट वडा अध्यक्षका उम्मेदवार बनेका भुवन गुरूङले चुनावमा बुथ कब्जा गर्न बाहिर जिल्लाका गुण्डा भित्र्याएपछि गठबन्धन दलका युवा संग अाज झडब भएकाे छ। भाडाका ट्टुहरूलाई भुवन गुरूङले जंगल तिर भगाएकाछन ।भष्टचारकाे अाराेप गाउँ लागेकाेले निर्वाचन हार्ने निश्चित भएपछि बुथ कब्जा गर्न निर्वाचन अाउन एक हप्ता अघि नै गुरूङले गुण्डा ल्याएकाे गठबन्धनका नेताहरूले बताएकाछन ।प्रत्यक्षदर्शीका अनुसार बाहिर जिल्लाबाट चुनावमा बुथ कब्जा गर्न एमालेले ल्याएकाे केटालाई कांग्रेस र माअाेबादीले घर फर्किनु भन्दै कुटपिट गरेका छन् ।

गठबन्धनका युवाहरू संग प्रतिकार गर्न नेकपा एमाले ले चरिकोटबाट थप गुण्डा पठाएकाेले उनिहरूलाई लखेटन स्थानीय जनतालाई निर्देशन दिएकाे नेपाली कांग्रेस दाेलखाका पार्टी सभापति बर्मा लामाले बताए ।गुरूङका भाडा टट्टू भिजिलान्तेलाई नेपाली कांग्रेसका स्वाभिमानी कार्यकर्ताले ठिक लागाउने छन ।
गाैरिशंकर र बिगु गाउँपालिका मा बुथ कब्जा गर्न ७ सय जना गुण्डा ल्याउने तयारी गरि पैसा तिरेर अाएकाे छ रे पार्वत गुरूङले ,हामी गुण्डा सहित गुण्डा नायिके लाई समेत जिल्लाबाट लखेट्ने छाै। स्वातन्त्र चुनाव बिथोल्न अाउने संग जस्तोसुकै प्रतिकार गर्न हामी तयार छाै लामाले भने पार्वत जि गुण्डा ल्याएर चुनाव जित्छु,मान्छे मारेर लाशकाे राजनीति गरि चुनाव जित्छु भन्ने दिवा सपना नदेखे हुन्छ,टि फर ट्याट मा हामी तयार छाै लामाले चेतावनी दिए ।
स्थानीय प्रशासनले शान्ति  सुरक्षामा तत्काल ध्यान दिअाेस ।नाकाहरूमा कडा सुरक्षा दिनु जरूरी छ ।   राजनैतिक पाटी भातृसंस्थामा बसे कार्य कर्ता निर्वाचनमा मतदान अधिकृत र साहायकमा खटाएको ले स्वतन्त्र मतदानमा संका गर्नु पर्ने अबस्था छ ।
यता अन्य जिल्ला बाट अाउने ब्यक्तिकाे नाकामा बिबरण लिई अनावश्यक व्यक्तिलाई फिर्ता मात्र नगराई कडा कार्वाही गर्ने याेजना बनाएर सिलबिलमा समेत प्रहरी खठाएकाे दाेलखा प्रहरी नायब उपरीक्षक गंगा प्रसाद पाैड्याले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट