योगदान राष्ट्रका लागि (दोलखा)काे अभियान सवारी दुर्घटना न्युनिकरण 

 अनलाइनखबर पाटी     २९ जेष्ठ २०७९, आईतवार

दीपशंकर चाैलागाई
दाेलखा २९ जेठ।
जिल्लामा सवारी दुर्घटना बढेपछि यसकाे न्युनिकरण गर्ने उदेश्यले योगदान रास्ट्रका लागि (दोलखा) नामक संस्थाले ट्राफिक ब्यबस्थापन सम्बन्धि जनचेतनामूलक र्यालि सदरमुकाममा चरिकोटमा गरेकाे छ ।
ट्राफिक ब्यबस्थापन सम्बन्धि पर्चा प्रकाशित गर्दै नागरिकलाई सचेत गराउन सातदोबाटोमा काेण सभा समेत गरेको छ।
जिल्ला प्रहरी कार्यालय चरिकोट संग समन्वय गरि जिल्लामा सवारी दुर्घटना बढेपछि यसकाे न्युनिकरण गर्ने
जनचेतनामूलक कार्यक्रम गरेकाे छ। दाेलखाली नागरिक पीडा पर्दा,भुकममा हाेस या काेभिडमा हाेस योगदान रास्ट्रका लागि (दोलखा) नामक संस्थाले सहयोगमा गर्दै आएकाे छ
कोभिडमा अस्पताल तथा स्वास्थ्य सस्थामालाई अक्सिजन कन्सनट्रेटर , मास्क , स्यानिटाइजर , पी पी इ , औसधि लगायत रु ६५,००,०००/- ( पैसठ्ठी लाख रुपैया ) बराबरको स्वास्थ्य सामग्री सहयाेग गरेको अध्यक्ष राजु थापाले जानकारी दिए।जिल्लामा ३८ प्रकारका कोभिड संग सम्बन्धित औसधिहरु उपलब्ध गराएकाे थापाले बताए ।

योगदान राष्ट्रको लागि संस्थाले अन्तर्राष्ट्रिय स्तरको बिपद् व्यवस्थापन सम्बन्धि तालिम,प्राथमिक उपचार सम्बन्धि तालिम ,एम्बुलेन्स सेवा संञ्चालन ,सरसफाइ र रक्तदान सम्बन्धि कार्य मा सहभागी भई परिवार ,समाज,र राष्ट्रकाे लागि याेगदान दिई मानव जीवन सार्थक तुल्याउन अहाेरात्र लागि परेकाे थापाले जानकारी दिए।
योगदान राष्ट्रको लागि सहभागी बनौं ,अकाल मृत्यु हुन बाट आफू र अरुलाई सुरक्षीत बनाउँ भन्ने नाराका साथ
प्राथमिक उपचारका १८ विषयमा अन्तराष्ट्रिय प्रशिक्षक बाट निःशुल्क रुपमा तालिमहरु बिभिन्न जिल्लामा सन्चालन भैरहेका छन रआगामी पनि हुनेछन थापाले भने।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट