विद्यालय कर्मचारी संघको केन्द्रीय अध्यक्षमा केसी सहित ३१ सदस्य चयन

 अनलाइनखबर पाटी     २४ भाद्र २०७७, बुधबार

काठमाडौँ | नेपाल विद्यालय कर्मचारी संघको केन्द्रीय कार्यसमिति विस्तार गरिएको छ । केन्द्रीय कार्यसमितिका अध्यक्षमा श्री जना नमुना माध्यामिक बिद्यालय बिरेन्द्रनगर सुर्खेतका लेखापाल (बिद्यालय कर्मचारी) सशीकुमार केसी सर्वसम्मत चयन भएका छन् ।

त्यसैगरी समितिको वरिष्ठ उपाध्यक्षमा धर्मराज पन्त (डडेल्धुरा), महिला उपाध्यक्षमा सुनिता विष्ट (ललितपुर) चयन भएका छन् । १५ सदस्यीय केन्द्रीय महासचिवमा राजेन्द्र थुयाजु (भक्तपुर), उप–महासचिवमा महेन्द्र बि.क. (सुर्खेत), उप–महासचिव अर्थमा शोभित उप्रेती (दोलखा), सचिव अर्थमा हिमान्सु चौधरी (बर्दिया) र सचिव रम्बा अधिकारी (काठमाडौं) छन् ।

केन्द्रीय समितिको सदस्यहरुमा केन्द्रिय सदस्यहरु दिविराम भुसाल (काठमाडौं), भेषराज पौडेल (चितवन), तेज बहादुर शाही (दैलेख), भक्त बहादुर मगर (सर्लाही), पवनसिंह कठायत (जुम्ला), युवराज लामा (उदयपुर) र चिरञ्जीवी चौधरी (बाँके) रहेका छन् ।

यस्तै, सदस्यहरुमा रमेश बहादुर खडका (कञ्चनपुर), रिकेश श्रेष्ठ (धनकुटा), धर्मराज शाही (हुम्ला), ओम नारायण निरौला (झापा), प्रमोदप्रसाद रायथारु (पर्सा), लोक बहादुर बुढा (जाजरकोट), राजेन्द्र चौधरी (दाङ) र प्रेमबहादुर बिश्वकर्मा (संखुवासभा) छन् ।

केन्द्रीय कार्यसमितिले सात वटै प्रदेशमा नयाँ कार्यसमिति चयन गरेको छ । प्रदेश १ अध्यक्षमा देविकुमारी रावत (उदयपुर), प्रदेश २ मा राम शंकर यादब (धनुषा) बागमतिमा लव बानियाँ (ललितपुर), गण्डकीमा कल्याण भिलाजु (कास्की), प्रदेश पाँचमा प्रेम पुन (बाँके), कर्णालीमा जगत सिह (सुर्खेत) र सुदूरपश्चिममा युवराज नायक –कैलाली) रहेका छन् ।

सरकारले बिद्यालय कर्मचारीहरुको दरबन्दी र पारिश्रमिकमा विभेद गरेको प्रस्ट्याउदै अबको आन्दोलनले तार्किक निष्कर्षमा पुर्र्याउने अध्यक्ष केसीको दाबी छ | देश भरका बिद्यालय कर्मचारीहरुलाई एक साथ् लिएर नेपाल विद्यालय कर्मचारी संघले यो विषम परिस्थिति कोभिड-१९ पश्चात कुनै ठोस निर्णय सहित कर्मचारीको हक हितका लागि शिक्षा मन्त्रालय जाने समेत जाने केसीले अनलाइखबर पाटीलाई जानकारी दिए |

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट